Home अर्थ/व्यापार सामुदायिक वन उपभोक्ता महासंघद्वारा ऐन संशोधनको माग गर्दै वन मन्त्रालयमा धर्ना

सामुदायिक वन उपभोक्ता महासंघद्वारा ऐन संशोधनको माग गर्दै वन मन्त्रालयमा धर्ना

बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयमा धर्ना दिँदै सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका पदाधिकारीहरु ।

हेटौंडाः सामुदायिक वनको अधिकार कटौती गर्ने गरी बागमती प्रदेश सरकारले प्रदेश वन ऐन २०७६ मा संशोधन गर्न खोजेको, वन संरक्षण क्षेत्र घोषणा खारेज र संघीय वन नियमावलीमा सुधारका लागि सुझाव दिँदै सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीले बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयमा धर्ना दिएको छ ।

सामुदायिक वनको अधिकार खोस्नेगरी फूलचोकी, चन्द्रागिरी र रुवी भ्याली वन संरक्षण क्षेत्र घोषणा गर्ने गरी संघीय वन नियमावलीमा संशोधन गर्न लागिएकोप्रति महासंघले ध्यानाकर्षण गर्दै त्यसो नगर्न सुझाव दिएको छ । वन ऐनको व्यवस्था विपरित हुने गरी नियमावलीमा उपभोक्ताको अधिकार कटौती गर्न खोजिएको भन्दै महासंघले विरोध जनाएको छ । वन ऐन २०७६ मा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वन पैदावारको स्वतन्त्र रुपमा मूल्य निर्धारण गर्न र विक्री गर्न पाउने व्यवस्था विपरित हुने गरी वन नियमावली २०७८ मा सामुदायिक वन उपभोक्ता समूहले ५० प्रतिशत काठ वन पैदावार आपूर्ति समितिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न खोजिएको महासंघले स्पष्ट पारेको छ । वन ऐनले परिकल्पना नगरेका संरचना खडा गर्न लागेको भन्दै महासंघले त्यस्तो व्यवस्था नराख्न पनि सुझाव दिएको छ ।

Exit mobile version