Home खेलकुद मकवानपुरका अशोक बरालको उत्कृष्ट बचाउ, मनाङ मस्र्याङ्दी आहा–रारा गोल्डकपको फाइनलमा

मकवानपुरका अशोक बरालको उत्कृष्ट बचाउ, मनाङ मस्र्याङ्दी आहा–रारा गोल्डकपको फाइनलमा

पेनाल्टीमा बचाउ गरेपछि सेलिब्रेट गर्दै मनाङका गोलकिपर अशोक बराल ।

हेटौंडाः पोखरामा जारी २० औं संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमीफाइनल खेलमा गोलकिपर अशोक बरालको उत्कृष्ट बचाउसँगै त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ फाइनल प्रवेश गरेको हो । निर्धारित समय र थप गरिएको समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

प्लेयर अफ दि म्याचको ट्रफी ग्रहण गर्दै मनाङका गोलकिपर अशोक बराल ।

पेनाल्टी सुटआउटमा मनाङले त्रिभुवन आर्मीलाई ४–३ गोलअन्तरले पराजित गरेको हो । मनाङका ४ खेलाडीले गोल गर्दा आर्मीका ३ खेलाडीले मात्रै गोल गर्न सके । आर्मी र मनाङका एक एकजना खेलाडीले प्रहार गरेको बल गोलपोष्टमा लागेर बाहिरिएको थियो भने आर्मीका एक खेलाडीको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए । मनाङका अशोक प्लेयर अफ द म्याच घोषित भए । मनाङका गोलकिपर अशोक बराल मकवानपुरका खेलाडी हुन् ।

१० लाख राशीको आहा–रारा गोल्डकपको फाइनल खेल शनिबार मनाङ मस्र्याङ्दी र एपीएफ क्लब बीच हुनेछ ।

Exit mobile version