हेटौंडाः नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरको आठौं जिल्ला अधिवेशनले अध्यक्षमा विनोद सुवेदीलाई चयन गरेको छ । यसअघि सुवेदीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पुरा गर्दै आउनुभएको थियो ।

वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा नविन केसी, कोषाध्यक्षमा विष्णुहरि सुवेदी, सहसचिवमा उपेन्द्र सुवेदी, सह कोषाध्यक्षमा रामबाबु सापकोटा चयन भएका छन् । प्याबसन मकवापनुरको खुल्ला सदस्यहरुमा रमिता पाण्डे, केशव प्रसाद मुडभरी, भरत सापकोटा र गीता आचार्य चयन भएका छन् ।

पालिका सदस्यमा गोविन्द प्रसाद चौलागाई, ओमकुमार आले चयन भएको प्याबसन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले बताउनुभयो ।