जिल्ला प्रशासन कार्यालय मकवानपुर .

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्युतीय राहदानी (ई–पासपोर्ट) अनलाइन आवेदन दिनका लागि खुला गरेको छ । बुधबार र बिहीबार दुई दिन ई–पासपोर्टका लागि आवेदन दिनसक्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेको हो ।

बुधबारका लागि २५ जना र बिहीबारका लागि १६ जनाले मात्रै ई–पासपोर्टका लागि आवेदन दिन सक्ने सूचनामा जनाइएको छ । गएको हप्ताबाट मकवानपुरमा पनि विद्युतीय राहदानीका लागि आवेदन खुला भएको हो ।