Home मुख्य समाचार कांग्रेसको बागमती प्रदेश अधिवेशनः मतदानको कार्य अझै सुरु हुन सकेन

कांग्रेसको बागमती प्रदेश अधिवेशनः मतदानको कार्य अझै सुरु हुन सकेन

हेटौंडाः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश समितिको अधिवेशनमा निर्वाचन कार्य अझै सुरु हुन सकेको छैन । बिहान ८ बजेदेखि नै मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि मतपत्र छपाउने कार्य नसकिएकाले अझै मतदान सुरु हुन सकेको छैन ।

प्रमुख निर्वाचन अधिकृत केशव काफ्लेका अनुसार मतपत्र छपाईको कार्य सकिन अझै एक घण्टा लाग्नेछ । बागमती प्रदेश समितिको निर्वाचनमा प्रदेश सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षबाट ईन्द्रबहादुर बानियाँ, संस्थापनइतर समूहबाट जगदिश्वर नरसिंह केसी र कृष्ण सिटौला समूहबाट भीमसेनदास प्रधान प्रदेश सभापतिको उम्मेदवार बन्नु भएको छ । पदाधिकारीसहित ९१ पदका लागि २ सय ५७ जनाको उम्मेदवारी परेको छ ।

Exit mobile version