Home खेलकुद गृहनगरमा फुटबल खेलाडी अञ्जन र सुनिल सम्मानित

गृहनगरमा फुटबल खेलाडी अञ्जन र सुनिल सम्मानित

अञ्जन र सुनिललाई सम्मानपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः असोज ३० गते सम्पन्न १३ औं दक्षिण एसियाली फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय टिमका सदस्य अञ्जन विष्ट र सुनिल बल गृहनगर हेटौंडामा सम्मानित भएका छन् । शुक्रबार बिहान मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जनही नगद २५ हजार रुपैयाँसहित अञ्जन र सुनिललाई सम्मान गरिएको हो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिले जनही नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो भने हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्काले जनही नगद १० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको अध्यक्षता तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो ।

सम्मान कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, अखिल नेपाल फुटबल संघ (एन्फा) बागमती प्रदेश समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ, मकवानपुर जिल्ला अध्यक्ष टिका लामालगायत खेलकुद संघका पदाधिकारी, प्रशिक्षक, खेलाडीको सहभागिता रहेको थियो ।

Exit mobile version