Home मुख्य समाचार नेपाल सम्वत्को नयाँ बर्षमा हेटौंडामा प्रभातफेरी (फोटो फिचरसहित)

नेपाल सम्वत्को नयाँ बर्षमा हेटौंडामा प्रभातफेरी (फोटो फिचरसहित)

नेपाल सम्वत्को नयाँ बर्षको अवसरमा आयोजित प्रभातफेरी ।

हेटौंडाः नेपालको मौलिक सम्वत् नेपाल सम्वत् ११४२ को अवसरमा हेटौंडामा प्रभातफेरीको आयोजना गरिएको छ ।

नेपाल सम्वत्को नयाँ बर्षको अवसरमा आयोजित प्रभातफेरीमा धिमे बाजासहित किशोरीहरु ।

हेटौंडा–२, पिपलबोट चोकबाट सुरु भएको प्रभातफेरी हेटौंडा बजारको संगमचोक, मृगस्थलीपथ, कान्तिराजपथ, पारिजातपथ, स्कुलरोड, सीमाचोक, टिसिएनरोड, बसपार्क, राप्तीरोड हुँदै पुनः पिपलबोट चोकमा पुगेर समापन भएको छ ।

नेपाल सम्वत् प्रचलनमा ल्याउने शंखधर साख्वको फोटो राखेर प्रभातफेरीमा सहभागी एक जीप ।

हरेक बर्ष जस्तै नेवारी समुदायको बाहुल्यता रहे पनि सबै समुदायको सहभागितामा नेपाल सम्वत्को नयाँ बर्ष मनाइएको छ । नेपाल सम्वत्को नयाँ बर्ष मनाउनका लागि यो बर्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको थियो । मूल आयोजक समितिले प्रभातफेरीका साथै नयाँ बर्षको शुभकामना आदानप्रदानका लागि टिका, सगुन, प्रचारप्रसारको कार्य समेत गरेको थियो ।

नेपाल सम्वत्को नयाँ बर्ष ११४२ को अवसरमा आयोजित प्रभातफेरीमा सहभागी रोटरी क्लब अफ हेटौंडाको समूह ।

विभिन्न संघ, संस्थाले रोडव्यानर राखेर शुभकामना आदानप्रदानको कार्य समेत गरेको छ । प्रभातफेरीमा नेवारी समुदायका मानिसहरु मौलिक पोशाकमा सहभागी थिए । प्रभातफेरीमा सहभागीहरुलाई विभिन्न स्थानमा स्वागत, सम्मान गर्दै सगुन समेत खुवाएका थिए ।

नेपाल सम्वत्को नयाँ बर्ष ११४२ को अवसरमा आयोजित प्रभातफेरीसँगै मोटरसाइकल र्‍याली ।
Exit mobile version