Home मुख्य समाचार रातोमाटेमा दुर्घटनाः मृतकको सनाखत भयो

रातोमाटेमा दुर्घटनाः मृतकको सनाखत भयो

सांकेतिक तस्वीर ।

हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेमा बिहीबार साँझ बस र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका युवकको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–११, हिमालीवासका २४ बर्षीय रोशन श्रेष्ठ हुन् । मोटरसाइकल चालक श्रेष्ठ दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–११, हिमालीवासका २१ बर्षीय सचिन साह सामान्य घाइते छन् । साहको प्रहरी निगरानीमा हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बिहीबार साँझ साढे ४ बजेको समयमा नारायणगढबाट बीरगन्जतर्फ जाँदै गरेको ना ८ ख १२४८ नम्बरको बस र बीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

Exit mobile version