हेटौंडा : हेटौंडामा बिहीबार ४ जनामा कोरोना संक्रमण देखिएको छ । ३३ जनामा गरिएको पिसीआर परिक्षणमा ५ जना संक्रमण देखिएको हो । यस्तै ४ जनामा गरिएको एन्टिजेन परिक्षणमा भने संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण हुने सबै हेटौंडा उपहानगरापालिकाका रहेका छन् । हाल संस्थागत आइसोलेसनमा ७ जना र होम आइसोलेसनमा ८५ जना कोरोना संक्रमित उपचाररत छन् । हाल जिल्लाभरी ९२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
