Home मुख्य समाचार समानता आफ्नै घरबाट सुरु गर्नुपर्छः मुख्यमन्त्री शाक्य

समानता आफ्नै घरबाट सुरु गर्नुपर्छः मुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य


हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले समानता आफ्नै घरबाट सुरुवात गर्नुपर्ने बताउनुभएको छ । बुधबार जिसस मकवानपुरले आयोजना गरेको दसैँ, दीपावली नेपाल सम्बत र छठ पर्वको शुभकामना आदानप्रदान कार्याक्रममा बोल्नुहुँदै मुख्यमन्त्री शाक्यले सबैले सभ्य रुपले चाडपर्व मनाउनुपर्ने बताउनुभयो । भड्कीलो, खर्चिलो रुपमा चाडपर्व नमनाएर परिवारसँग बसेर पर्व मनाउन आग्रह गर्नुभयो । चाडपर्वमा महिला र पुरुष दुवैले काम गर्नुपर्ने भन्दै महिलाहरुलाई पुरुषले पनि सघाउनुपर्ने बताउनुभयो ।

कुनै पनि संस्कार भित्र विभेद गर्न नहुने भन्दै मुख्यमन्त्री शाक्यले संस्कृतिको जर्गेना गर्दै देशको लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले चाडपर्वमा धेरै भिडभाड नगरी स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो ।

जिसस मकवानपुरको प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, उद्योगा पर्यटन वन तथा वातावरण मन्त्री शान्तीप्रसाद पौडेल, राज्यमन्त्री सरस्वती बाटी लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version