Home मुख्य समाचार हेटौंडाको ३ वडामा उपमहानगरको नेतृत्वमा बजार अनुगमन

हेटौंडाको ३ वडामा उपमहानगरको नेतृत्वमा बजार अनुगमन

हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरको वडा नम्बर १०, ११ र १९ नम्बर वडामा बजार अनुगमन गरिएको छ । सोमबार ३ वडामा संचालनमा रहेको ९ वटा किराना तथा स्टोर्स र २ पाउरोटी उद्योगमा अनुगमन भएको हेटौंडा उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछानेले जानकारी दिनुभयो ।

हेटौंडाको उपमेयर मिना लामाको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले बजार अनुगम गर्ने निर्णय गरेको थियो । अनुगमनमा पाउरोटी, पप, लिच्ची जुस, बदाम, चाउमिन, कुरकुरे लागायत आलु चिप्स बजार अनुगमनले नष्ट गरिदिएको छ । म्याद गुज्रेको तथा अखाद्य देखिएपछि अनुगमनमा पुगेको टोलीले नष्ट गरेको हो । यस्तै पाउरोटी उद्योगमा अनुगमन गर्दा बेकरी उद्योगमा सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ । यस्तै दर्ता बिना संचालन गरेको व्यवसायलाई दर्ता गर्न निर्देशन दिएको अनुगमनकर्ता लामिछानेले बताउनुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहदेव आचार्य, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका लेखमान राउत, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजाल, जनप्रतिनिधिहरु महेश्वरमान श्रेष्ठ, चमेली सिंजली लगायतको उपस्थिति थियो ।

Exit mobile version