Home मुख्य समाचार कांग्रेस नगर सभापतिमा जित सुनिश्चीतः उत्सब इटेनी

कांग्रेस नगर सभापतिमा जित सुनिश्चीतः उत्सब इटेनी

कांग्रेस नगर सभापति उम्मेदवार उत्सब इटेनीको टिम घोषणा गर्दै

हेटौंडाः कांग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापतिको उम्मेदवार उत्सब इटेनीले आफ्नो जित सुनिश्चित रहेको बताउनुभएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै इटेनीले शनिबार हुने कांग्रेस नगर अधिवेशनमा आफ्नो जित सुनिश्चित रहको बताउनुभएको हो ।

कांग्रेस हेटौंडाको सभापतिमा उम्मेदवारी दिनुभएको उत्सब इटेनीले आफ्नो टिम पनि सार्वजनिक गर्नुभएको छ । उहाँले उपाध्यक्षमा हेटौंडा १६ को वडाअध्यक्ष समेत रहेका रामकृष्ण कोइराला, डोल्मा स्याङ्बोलाई अघि बढाउनुभएको छ । यस्तै सचिवमा युवा पत्रकार तथा हेटौंडा १ का वडाअध्यक्ष समेत रहेका सविन न्यौपाने, हर्करत्न लामा, सहसचिवमा निगम श्रेष्ठ र विकास बानियाँलाई सार्वजनिक गर्नुभएको छ ।

सभापति पदको उम्मेदवारी घोषणा गर्नुभएको इटेनीले सदस्यहरुको पनि टुंगो लगाएका छैनन् । देउवा पक्षका निकट इटेनीलाई मकवानपुर कांग्रेस सभापति इन्द्र बानियाँको समर्थन रहेको छ ।

Exit mobile version