Home मुख्य समाचार कांग्रेस हेटौंडाको सभापतिमा महेन्द्र राउतको प्यानल घोषणा

कांग्रेस हेटौंडाको सभापतिमा महेन्द्र राउतको प्यानल घोषणा

कांग्रेस हेटौंडाको सभापति पदको उम्मेदवार महेन्द्र राउतको टिम सार्वजनिक गर्दै

हेटौंडाः शनिबार हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नगर अधिवशेनमा हेटौंडा उपमहानगर सभापतिमा महेन्द्र राउतले उम्मेदवारी दिनुभएको छ ।

शुक्रबार हेटौंडामा पत्रकार सम्मलेन गर्दै हेटौंडा नगरसभापतिमा आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै आफ्नो टिमको पनि घोषणा गर्नुभएको हो । कांग्रेस नगर सभापतिका उम्मेदवार महेन्द्र राउतले उपाध्यक्षमा ज्योती कोइराला, रोशन गोले, सचिवमा कुमार पोखरेल, गंगा पौडेल, सहसचिवमा सोममाया मोक्तान, अन्जनी कुमार पराजुलीलाई अघि बढाएका छन् ।

यस्तै सदस्यहरुमा भिम देउला, राज कुमार जोशी, दोर्णचार्य दाहाल, सरस्वती श्रेष्ठ, अनुप विश्वकर्मा, रेशम कुमार श्रेष्ठको उम्मेदवारी रहने बताइएको छ ।

Exit mobile version