Home मुख्य समाचार निर्वाचन आयोगले एमाले विभाजन पत्र प्रदेशसभा सचिवालयलाई पठायो

निर्वाचन आयोगले एमाले विभाजन पत्र प्रदेशसभा सचिवालयलाई पठायो

हेटौंडाः बागमती प्रदेश सभा सचिवालयमा एमाले दल विभाजन सम्बन्धी पत्र हालसम्म आएको छैन । प्रदेश सभाका १३ सांसदले एमाले परित्याग गर्दै विभाजन पछि दर्ता भएको पार्टी नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

उनीहरुले समाजवादी रोजेपनि दल विभाजन पत्र प्रदेश सभामा दर्ता नभएसम्म एमालेको सरकार बहुमतमा रहेको छ । प्रदेश सभामा एमाले दल विभाजन भएको पत्र आएसँगै नेकपा एमाले अल्पमतमा पर्नेछ । त्यसको एक महिनाभित्र प्रदेशको मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनुपर्नेछ ।

निर्वाचन आयोगले प्रदेश सांसदहरुको आज निर्णय गरेसँगै एमाले विभाजन भएको पत्र प्रदेश सभा सचिवालयमा पठाउन सुरु भइसकेको निर्वाचन आयोगका सहप्रवक्ता कोमल प्रसाद धमालाले जानकारी दिनुभयो । शुक्रबार पत्र नपुगेको प्रदेश सभा सचिवालयमा आइतबार सम्म पुग्ने सहप्रवक्ता धमलाले बताउनुभयो ।

Exit mobile version