Home मुख्य समाचार मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्दैनः प्रवक्ता केरावराज पाण्डे

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्दैनः प्रवक्ता केरावराज पाण्डे

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

हेटौंडाः बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारको प्रवक्त केशवराज पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन नपर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशमा एमाले विभाजन भएको प्रदेश सभा सचिवालयले जानकारी अहिलेसम्म नदिएकोले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन नपर्ने बताउनुभएको हो ।

एमाले विभजान भएर नेकपा एकीकृत समाजवादी पार्टी बनिसकेको छ । तर निर्वाचन आयोगले प्रदेशको सातै प्रदेश सभा सचिवालयमा दल विभाजन सम्बन्धी पत्र पठाएको छैन । यसैगरी पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले प्रदेश सरकारको मन्त्रीको सपथ कार्यक्रममा पत्रकारलाइ प्रदेश प्रमुख कार्यालयको गेट भित्र छिर्न नदिएको प्रति दुः ख व्यक्त गर्नुभएको छ ।

Exit mobile version