Home मुख्य समाचार बागमती प्रदेशकोे पूर्ण मन्त्रिपरिषद्को बैठकको एउटा मात्रै निर्णय

बागमती प्रदेशकोे पूर्ण मन्त्रिपरिषद्को बैठकको एउटा मात्रै निर्णय

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

हेटौंडाः बागमती प्रदेशको आज बसेको पूर्ण मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री, मन्त्रीले नियुक्त गरेको राजनैतिक पदाधिकारीहरुको आचारसंहिता सम्बन्धी निर्णय गरेकोे छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले एक मात्र निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकमा नवनियुक्त मन्त्रीहरु रचना खड्का, विजय सुवेदी, शान्तिप्रसाद पौडेल, प्रदीप कुमार कटुवाल क्षेत्री, आजय क्रान्ति र चन्द्र लामाको उपस्थिति थियो । उनीहरुले आज मन्त्रीको सपथ लिएसँगै पदभार ग्रहण गरेका थिए ।

Exit mobile version