Home मुख्य समाचार एमसीसीे खारेजीको माग गर्दै हेटौंडामा सर्जकको प्रदर्शन

एमसीसीे खारेजीको माग गर्दै हेटौंडामा सर्जकको प्रदर्शन

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाका सर्जक तथा साहित्यकारले एमसीसी सम्झौता खारेजीको माग गरेका छन् । बुधबार हेटौंडामा साहित्यकारले ब्यानर, प्लेकार्डसहित र्‍याली गर्दै साहित्यिक रुपमै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘एमसीसी पास गर्न पाइँदैन, दलाल सांसद चाहिँदैन, साम्राज्यवादी होसियार भन्दै छन्, जनता खबरदार, कुल्ची भावी सन्तति यो देशको दुर्गती पर्ने चाल हो एमसीसी’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । साहित्यकारहरुले एमसिसीविरुद्ध कविता, मुक्तक, गजल वाचन गरेका थिए ।

सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले एमसीसी राष्ट्रघाती भएको कारण साहित्यकारहरु सडकमा उत्रिएको बताउनुभयो । सरकारले एमसीसी अघि बढाए थप सशक्त रुपले साहित्यको माध्यमबाटै विरोधमा उत्रने उहाँले चेतावनी समेत दिनुभयो ।

Exit mobile version