Home मुख्य समाचार १५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

१५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

हेटौंडाः माउन्टेन हार्ट नेपाल र हेटौंडा–६ नम्बर वडा कार्यालयको आयोजनामा मकवानपुरका विभिन्न १५ स्वास्थ्य संस्थालाई सोमबार अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३, बागमती गाउँपालिका वडा नम्बर २, मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७, भीमफेदी गाउँपालिका वडा नम्बर ७, हेटौंडा वडा नम्बर ३, ५, ६, ९, १२, १३, १४, १५, १६, १८ र १९ का स्वास्थ्य चौकीलाई ७ लिटरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण भएको हो । ३७ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाली कांग्रेसको केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यमा हस्तान्तरण भएको हो ।

Exit mobile version