Home मुख्य समाचार भीमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध, निरन्तर बर्षाको कारण पहिरो हटाउन सकेन

भीमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध, निरन्तर बर्षाको कारण पहिरो हटाउन सकेन

फाइत तस्बिर


हेटौंडाः हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग भीमफेदी–कुलेखानी सडकखण्ड फेरी अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको निरन्तर बर्षाले मकवानपुरको इन्द्रसरोवार–३, थिङटोेलस्थित सडकखण्डमा पहिरो खसेसँगै बाटो बन्द भएको हो ।

सडकमा अहिलेसम्म पहिरो हटाउने काम सुुरु गरेको छैन । पानी पर्न कम भएपछि पहिरो हटाउने कार्य सुरु गर्नेे जिल्ला प्रहरी कार्यालय मकवानपुरकाक प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहँदा ठाउँठाउँमा स–साना पहिरो खसिरहेको छ । बुधबार देखि सो सडकखण्डमा पहिरो जाने र पन्छाउने कार्य चलिरहेको छ ।

Exit mobile version