Home मुख्य समाचार जसपाको निर्णपछि मात्र मन्त्री बन्ने टुङ्गो लाग्छः बिरोध खतिवडा

जसपाको निर्णपछि मात्र मन्त्री बन्ने टुङ्गो लाग्छः बिरोध खतिवडा

हेटौंडाः जनता समाजवादी पार्टी (जसपा) को निर्णयपछि मात्र आफू मन्त्री बन्ने विषयमा टुङ्गो लाग्ने प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीका नेता खतिवडाले आफ्नो पार्टीले सरकारसँग गठबन्धन गर्ने निर्णय भएपनि जसपाले गठबन्धनको विषयमा निर्णय गरेपछि मात्र मन्त्रीको छिनोफानो हुने उहाँले बताउनुभयो ।

जसपा सरकारमा जाने वा नजाने भन्ने निर्णय तथा सत्ता साझेदार दलहरुबीच मन्त्रालयको विषयमा सहमति भएपछि मात्र सोहीअनुसार क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा पार्टीको बैठक बसी छलफल गरिने उहाँको भनाई रहेको छ । आइतबार जसपाको बैठक बसी निर्णय आउने भएकाले आइतबारसम्म थप अरु कुरा गर्न नसकिने सांसद खतिवडाले बताउनुभयो ।

नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा दर्ता भएको एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरिसकेपछि एकीकृत समाजवादीले ५ मन्त्रालय पाउने कुरा हुँदै आएको छ । तथापि कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा निर्णय नहुँदा मन्त्री को–को बन्ने भन्ने विषयमा अन्तिम निर्णय हुनसकेको छैन । तरपनि मन्त्री बन्नेमा खतिवडाकै नाम सुरुमा आउने गरेको छ ।

Exit mobile version