Home मुख्य समाचार अखिल क्रान्तिकारी मकवानपुरको अध्यक्षमा बर्तौला

अखिल क्रान्तिकारी मकवानपुरको अध्यक्षमा बर्तौला

अखिल क्रान्तिकारी मकवानपुरको नवनिर्वाचित कमिटीका पदाधिकारीहरु ।

हेटौंडाः नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी मकवानपुरको अध्यक्षमा श्रवणकुमार बर्तौला चयन हुनुभएको छ । सोमबार भएको २२ औं जिल्ला सम्मेलनले बर्तौलाको नेतृत्वमा ६१ सदस्यीय नयाँ कामिटी चयन गरेको छ ।

जिल्ला भेलाले उपाध्यक्षमा रोजल पाख्रिन, अञ्जु तुम्सिङ, सचिवमा मोहनचन्द्र चौलागाई, सहसचिवमा राजेन्द्रकुमार मोक्तान, मुकेश गोले, झलक छत्कुली र शासन सापकोटा तथा कोषाध्यक्षमा बुद्ध अर्याल चयन गरेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा केन्द्रीय उपाध्यक्ष विजय गौतम, केन्द्रीय सचिव पवन कार्की, माओवादी केन्द्र मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version