Home मुख्य समाचार उच्च अदालत पाटन, हेटौंडा इजलासबाट गत वर्ष ८२६ थान मुद्धा फछर्यौट

उच्च अदालत पाटन, हेटौंडा इजलासबाट गत वर्ष ८२६ थान मुद्धा फछर्यौट

उच्च अदालत पाटन, हेटौंडा इजलास

हेटौैंडाः उच्च अदालत पाटन, हेटौंडा इजलासले गत आर्थिक बर्ष २०७७/७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्धाको फछर्यौट गरेको छ । अदालतले गत वर्षमा ९ सय ३९ मुद्धाको फछर्यौट गर्ने लक्ष्य लिएकोमा ८ सय २६ मुद्दा फछर्यौट गर्न सकेको अदालतको सुचना अधिकारी केशवराज कौशिकले बताउनुभयो ।

सोमबार उच्च अदालत पाटन हेटौंडा इजलाशमा पत्रकार सम्मेलनको आयोजना गरेर अदालतले गत वर्षको लक्ष्य र प्रगति विवरण सार्वजनिक गरेको थियो । अदालतले ६ सय १९ मुद्धाको फछर्यौट गर्न गत वर्षमा सकेन् ।

आर्थिक वर्ष ७७/७८ मा अघिल्लो वर्षबाट ४०८ थान मुद्धाको जिम्मेवारी सरेर आएको थियो । यस्तै गत वर्षमा १ हजार ३७ थान नयाँ मुद्धा दर्ता भएको थियो । गत वर्षमा १४ सय ४५ मुद्धाको लगत भएकोमा ८ सय २६ मात्र फछ्र्यौट भएको हो । यस्तै उच्च अदालत पाटन हेटौंडा इजलासले चालू वर्षमा ११ सय ४९ नयाँ मुद्धा दर्ता हुने अनुमान गरेको छ ।

यो वर्षको लागि गत वर्षबाट ६ सय १९ थान मुद्धाको जिम्मेवारी सरेर आएको छ । चालू वर्षमा ११ सय ९४ थान मुद्धा फछर्यौट गर्ने लक्ष्य लिएको अदालतका सुचना अधिकारी केशवराज कौशिकले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उच्च अदालत पाटन, हेटौंडाका मुख्य न्यायाधीस मोहम्मद साविर हुसेन, उप–रजिष्ट्रार कैलाश भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

Exit mobile version