Home समाज सिआनलाई ५० हजारको कपडा सहयोग

सिआनलाई ५० हजारको कपडा सहयोग

हेटौंडाः लागूऔषध दुव्र्यसनीको बिरुद्धमा सक्रिय सिआन पुनस्र्थापना केन्द्रलाई ब्ल्यांकेट, तन्ना, सिरानीलगायतका लत्ताकपडा सहयोग प्राप्त भएको छ । हेटौंडा–९ मा रहेको सिआनलाई संस्थाका संस्थापक कार्यसमिति सदस्य मन क्षेत्रीले ५० हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा सहयोग गर्नुभएको हो ।

हेटौंडा–४ निवासी क्षेत्रीले आफ्नो स्वर्गीय श्रीमान महेन्द्र क्षेत्रीको सम्झनामा ४५ थान ब्ल्यांकेट, ४६ थान तन्ना, ५२ थान सिरानी र ५२ थान सिरानीको खोल सहयोग प्रदान गर्नुभएको हो । संस्थालाई गुणस्तरीय बनाउन तथा समाजमा केही योगदान पु¥याउनका लागि सहयोग गर्नुभएको उहाँले बताउनुभएको छ ।

सिआन पुनस्र्थापना केन्द्रमा हाल ५२ जना लागूऔषध प्रयोगकर्ताहरु उपचाररत रहेका छन् । हाल नया“ भवन निर्माण गरी संस्था सञ्चालन भइरहेको संस्थाका निर्देशक सौजन डीसीले जानकारी दिनुभयो ।

Exit mobile version