Home मुख्य समाचार ७७ जनाको स्वाब नमूना संकलन

७७ जनाको स्वाब नमूना संकलन

फाइल तस्बिर ।

हेटौंडाः हेटौंडामा बुधबार ७७ जनाको स्वाब नमूना संकलन भएको छ । बुधबार बिहान हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ३१ जना महिला र ४६ जना पुरुषको स्वाब नमूना संकलन भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समय स्वाब दिनेको संख्या घटबढ् भइरहेको छ । आवश्यकता अनुसार स्वाब दिन आउनेहरु सबैको नमूना बिहान संकलन गर्दै आएको उहाँले बताउनुभयो । संकलित स्वाब नमूना कोरोना परीक्षण गर्न हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको चौलागाईले बताउनुभयो ।

Exit mobile version