Home मुख्य समाचार हेटौंडामा ८ हजार २ सय जनाले लगाए भेरोसेलको दोस्रो डोज

हेटौंडामा ८ हजार २ सय जनाले लगाए भेरोसेलको दोस्रो डोज

फाइल तस्बिर ।


हेटौंडा: मकवानपुरको हेटौंडा उपमहानगरभित्र कोरोना भाइरस विरुद्धको भेरोसेल दोस्रो डोज खोप सोमबार ८ हजार २ सय जनाले लगाएका छन् । सोमबारबाट लगाउन सुरु गरिएकोमा हेटौंडा उपमहानगरभित्र १० हजार डोज खोप आएको थियो ।

जसमध्ये सोमबार ८ हजार २ सय जनालाई खोप लगाइसकेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । आज १८ नम्बर वडामा र अन्य केही वडामा पनि खोप लगाउन बाँकीलाई खोप लगाउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version