हेटौंडाः हेटौंडा–९ को १ नं. सिमेन्टरोड सडकखण्डको स्तरोन्नतिका लागि सुरेन्द्र भट्टराईको अध्यक्षतामा समिति गठन गरिएको छ । राम बिष्टको सक्रियतामा स्थानीयले १५ सदस्यीय समिति गठन गरेको हो । उक्त समितिले सरोकारवालासँग समन्वय गरेर १ नं. सिमेन्टरोडको गुम्बाचोकदेखि हेटौंडा सिमेन्ट उद्योगको गेटसम्म सडक स्तरोन्नति, सडकछेउमा ढल निर्माण, पेटी, विद्युतपोल व्यवस्थापन लगायतका विषयमा आवश्यक सहजीकरण गर्ने बताइएको छ ।
भेलामा नेपाली कांग्रेसको तर्फबाट वीरेन्द्र लामा, कुमार पौडेल, नेकपा एमालेबाट यदुवंश खतिवडा, नेकपा माओवादी केन्द्रबाट तीर्थ थापा मगरसहित संवेदनशील टोल विकास संस्थाका अध्यक्ष नवराज कोईराला, मिलन टोल विकास संस्थाका सागर भट्टराई, सृजनशील टोल विकास संस्थाकी मेनुका पराजुली, सन्तोषी टोल विकास संस्थाका अध्यक्षको उपस्थिति रहेको थियो ।
