Home समाज सहकारीको स्थापना दिवसमा विद्यार्थीलाई छात्रवृत्ति

सहकारीको स्थापना दिवसमा विद्यार्थीलाई छात्रवृत्ति

हेटौंडाः हेटौंडा–२ स्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं स्थापना दिवसको अवसरमा सहकारीको सेयर सदस्य परिवारका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको छ । आइतबार सहकारीको कार्यालयमै सीमित व्यक्तिको सहभागितामा भएको कार्यक्रममा २०७६ सालको एसएलसी परीक्षामा उत्कृष्ट नतीजा हासिल गरेका प्रसुन लामिछानेलाई ५ हजार ५ सय रुपैयाँ छात्रवृत्तिका लागि प्रदान गरिएको छ ।

प्रसुन हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा ११ को परीक्षा दिएर बसेका विद्यार्थी हुन् । सहकारीका अध्यक्ष मीठाराम दाहालको अध्यक्षता तथा सहकारीका सल्लाहकार बद्रिप्रसाद लम्सालको प्रमुख आतिथ्यमा स्थापना दिवसको कार्यक्रम आयोजना गरिएको हो । २ हजार ६ सय १ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी २ करोड ६८ लाख रुपैयाँ छ । सहकारीले २३ करोड रुपैयाँ ऋण लगानी गरेको र २७ करोड रुपैयाँ बचत संकलन गरेको व्यवस्थापक बद्रिप्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।

Exit mobile version