Home मुख्य समाचार मनहरीका सामुदायिक विद्यालयलाई गाउँपालिकाद्वारा कम्प्युटर सहयोग

मनहरीका सामुदायिक विद्यालयलाई गाउँपालिकाद्वारा कम्प्युटर सहयोग

बागमती प्रदेश प्रमूख बिष्णु प्रसाईले कम्प्युटर हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई गाउँपालिकाले कम्प्युटर सहयोग प्रदान गरेको छ । गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालय मध्ये २४ वटा सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरिएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को विनियोजित ११ लाख रुपैयाँ बजेटबाट बुधबार एक कार्यक्रमको आयोजना गरी २४ वटा विद्यालयलाई २४ थान कम्प्युटर सहयोग गरिएको मनहरी गाउँपालिकाका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत हरिचन्द्र सापकोटाले जानकारी दिनुभएको छ । गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रशासनिक तथा अनलाइन शिक्षालाई प्रभावकारी बनाउन कम्प्युटर सहयोग गरिएको उहाँले बताउनुभयो ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमूख बिष्णु प्रसाईको प्रमुख अतिथ्यता रहेको थियो ।

Exit mobile version