Home मुख्य समाचार मकवानपुरमा खेत जोत्दै गर्दा ट्याक्टर पल्टिएपछि चालकको मृत्यु

मकवानपुरमा खेत जोत्दै गर्दा ट्याक्टर पल्टिएपछि चालकको मृत्यु

हेटौंडाः मकवानपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिएपछि चालकको घटना स्थलमा नै मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिकामा धान रोप्नका लागि खेत जोतिरहेको ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याक्टरले थिचिएर चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बकैया गाउँपालिका–३ का २२ बर्षीय बुद्ध भोलन रहेका छन् । बुधबार बिहान बकैया गाउँपालिका–८ खलिजटारदमार स्थित खेत जोत्ने क्रममा प्रदेश नम्बर ३–००१ त २५२ नम्बरको ट्याक्टर खेतमा नै पल्टिएको थियो । घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरी घटनास्थततर्फ पुगेका र शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

Exit mobile version