Home शिक्षा जन्मदिनमा गाउँपालिका अध्यक्षद्वारा पुस्तकालयलाई सहयोग

जन्मदिनमा गाउँपालिका अध्यक्षद्वारा पुस्तकालयलाई सहयोग

दामोदर खनाल, अध्यक्ष, बकैया गाउँपालिका, मकवानपुर

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले आफ्नो जन्मदिनको अवसरमा पुस्तकालयलाई सहयोग गर्नुभएको छ । अध्यक्ष खनालले एक साताअघि मात्रै स्थापना गरिएको बकैया सार्वजनिक पुस्तकालयलाई १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

हालै स्थापित पुस्तकालयलाई पुस्तक खरिद गर्ने गरी सहयोग गरिएको अध्यक्ष खनालले बताउनुभएको छ । शनिबार पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्न आयोजित भेलामा सहभागी हुनुभएका अध्यक्ष खनालले आफ्नो जन्मदिन समेत परेकोले सहयोग हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकाका अध्यक्षले सहयोग गर्नुभएको रकमबाट पुस्तक खरिद गरिने पुस्तकालय सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य गोविन्द चौलागाईले जानकारी दिनुभएको छ ।

शनिबारको भेलाले सुस्मिता घोरसाइनीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । असार २६ गते शनिबारका दिन मात्रै पुस्तकालय अभियान समूह मकवानपुरले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेपछि बकैया सार्वजनिक पुस्तकालयको उद्घाटन गरिएको थियो । समुदायकै सक्रियतामा स्थापित पुस्तकालय सञ्चालन तथा व्यवस्थापनमा पालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

Exit mobile version