Home मुख्य समाचार ‘भानुभक्त वासुदेव स्मृति सम्मान’ जनार्दन खनाललाई

‘भानुभक्त वासुदेव स्मृति सम्मान’ जनार्दन खनाललाई


हेटौंडाः वासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौंडाले हरेक वर्ष प्रदान गर्दै आएको ‘भानुभक्त वासुदेव स्मृति सम्मान’बाट यसवर्ष मकवानपुरको छतिवन निबासी छन्द लयमा कविता लेख्ने जनार्दन खनाललाई प्रदान गरिने भएको छ ।

सम्मान पत्रसहित १० हजार रुपैयाँ राशिको उक्त पुरस्कार आगामी असार २९ गते भानु जयन्तीका दिन प्रदान गरिने साहित्यकार आरसी रिजाले जानकारी दिनुभएकोे छ । २०६३ सालमा स्थापना भएको उक्त स्मृति सम्मानबाट सम्मानित हुनुहनुेमा खनाल १० औं स्रष्टा हुनुहुन्छ ।

Exit mobile version