Home मुख्य समाचार नेता बानियाँको सहयोगमा हेटौंडा–१५ का ३ सय घरपरिवारलाई खाद्य सामग्री वितरण

नेता बानियाँको सहयोगमा हेटौंडा–१५ का ३ सय घरपरिवारलाई खाद्य सामग्री वितरण

हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडाका विभिन्न टोलका ३ सय घरपरिवारलाई आइतबार खाद्य सामाग्री वितरण गर्नुभएको छ ।

नेता बानियाँको विषेश पहलमा कोरोना माहामारी र वर्षातका कारण समस्यामा परेका हेटौंडा उपमहानरपालिका १५ नम्बर वडाको चिप्लेडी, भोर्ले र कमानेका ३ सय घरपरिवारलाई आईतवार खाद्यान्न वितरण गरिएको हो ।

नेता बानियाँले प्रतिपरिवार २५ किलो चामल, नुन, तेल, दाल, मस्यौरालगायतका खाद्य सामाग्री सहयोग गर्नुभएको हो ।

कांग्रेस हेटौंडा १५ का कार्यबहाक सभापति नवराज घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुली, हेटौंडा–१५ का वडाअध्यक्ष महारत्न लामा, कांग्रेसका स्थानीय नेताहरु गणेश भ्लोन, मिना लामा, लालबहादुर लामा, हर्क लामा, रोहित श्रेष्ठ, हरि लामालगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version