Home मुख्य समाचार मकवानपुरमा सार्वजनिक यातायात अझै खुलेन, निषेधाज्ञा असार ३१ सम्म थपियो

मकवानपुरमा सार्वजनिक यातायात अझै खुलेन, निषेधाज्ञा असार ३१ सम्म थपियो

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे

हेटौंडाः मकवानपुरमा निजी सवारी जोर बिजोर अनुसार चल्न पाएपनि सार्वजनिक सवारीहरु संचालन गर्न अझै रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेले सोमबार राति १२ बजेसम्म जारी निषेधाज्ञा लम्बाउनुभएको छ ।

आइतबार आदेश जारी गर्दै प्रजिअ पाण्डेले असार ३१ राति १२ बजेसम्म निषेधाज्ञा थप गर्नुभएको हो । अन्य निर्णय भने पहिलेकै कायम रहेको छ । जिल्लामा निषेधाज्ञा थप भएपनि निकै खुकुलो भएको छ ।

Exit mobile version