Home मुख्य समाचार निर्माणाधिन पुलको एकभाग बाढीले बगायो

निर्माणाधिन पुलको एकभाग बाढीले बगायो

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ र ५ नम्बर जोड्ने निर्माणाधिन पुलमा बाढीले क्षति पुर्‍याएको छ । बुधबार बेलुकाबाट निरन्तर रुपमा आएको वर्षाले सामरी खोलाको सतह बढ्दै गएको छ ।

वडा नम्बर ३ र ५ जोड्ने निर्माणाधिन पुलको एक भाग नै बाढीले बगाएको छ । ५ वर्षदेखि पुल निर्माण गर्न सम्झौता भएपनि निर्माण सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन् । स्थानीयहरु अहिले तुइनमा चढेर खोलाको बाटो पार गर्दै आएको स्थानीय रामचन्द्र खड्काले बताउनुभयो ।

Exit mobile version