Home मुख्य समाचार हजारौंलाई रोजगारी दिने प्रादेशिक कृषि थोक बजारको हेटौंडामा शिलान्यास

हजारौंलाई रोजगारी दिने प्रादेशिक कृषि थोक बजारको हेटौंडामा शिलान्यास

प्रादेशकि कृषि थोक बजारको शिलान्यास गर्दै बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल

हेटौंडाः बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरको सहकार्यमा हेटौंडा–११ थानाभर्‍याङमा प्रादेशिक कृषि थोक बजार निर्माण हुने भएको छ ।

शुक्रबार बिहान बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रादेशिक कृषि थोक बजारको शिलान्यास गर्नुभएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले थोक बजार निर्माण सम्पन्न भएसँगै यसको व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी हेटौंडा उपमहानगरलाई हस्तान्तरण गर्ने बताउनुभयो । कृषी थोक बजारमा तरकारी मात्र नभएर कोल्ड स्टोर, प्याकेजिङ र लेबलिङका कामहरु, कृषि उत्पादनको थोक मुल्यमा सबै वस्तुको किनबेच हुने भन्दै हजारौले रोजगारी पाउने मुख्यमन्त्री पौडेलले बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अब उत्पादनलाई मात्र नभएर बजारीकरणलाई पनि बढाउन खोजेको बताउनुभयो । उहाँले हेटौंडाको थानाभर्‍याङमा अन्तराष्ट्रिय स्तरको कृषि थोक बजार निर्माण हुन लागेको बताउनुभयो । उहाँले ठेकेदार कम्पनिलाई समयमै काम सकाउन निर्देशन दिनुभएको छ ।

२८ करोड ३६ लाख ५५ हजना ९ सय ८३ रुपैयाँको (भ्याट सहित) लागतमा थोक बजार निर्माण गर्न एएन के माउन्टेन जेभीले निर्माणको ठेक्का पाएको छ । कृषि विकास निर्देशनालयको ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशतको लागत साझेदारीमा थोक बजार निर्माण हुने भएको हो । आगामी २०८१ जेठ ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनि एएन के माउन्टेनले ठेक्का पाएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाव दोर्जे लामाले निर्माण कम्पनिलाई समय अगाबै निर्माण पुरा गरेर प्रदेश सरकारको सम्मान लिन आग्रह गर्नुभयो । उहाँले यसअघि पनि प्रादेशिक कृषि थोक बजार निर्माण गर्न लामो समय छलफल गरेको बताउनुभयो । उहाँले यहाँको बजारले बागमती प्रदेश मात्र नभएर प्रदेश नम्बर २, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायतका कृषि उपजहरु विक्रि वितरण सहजा हुने बताउनुभयो । कृषि थोक बजारको कुल क्षेत्रफल २ विगाह ४ धुर हुनेछ । अहिले सोही ठाउँमा सुकुम्बासीहरु पाल टांगेर बस्दै आएका छन् ।

Exit mobile version