Home मुख्य समाचार रुपा सुनारको न्यायको लागि मकवानपुरमा विरोध प्रदर्शन हुने

रुपा सुनारको न्यायको लागि मकवानपुरमा विरोध प्रदर्शन हुने

हेटौंडाः काठमाडौंमा रुपा सुनारलाई जातको आधारमा कोठा भाडा नदिएको भन्दै मकवानपुरमा दलित अधिकारवादी संघसंस्थाहरुले रुपाको न्यायको लागि दबाब सिर्जना गर्ने भएका छन् ।

रुपाको न्यायको लागि मकवानपुरमा मंगलबार र बुधबार विरोध कार्यक्रमहरु हुने भएका छन् । जिल्लामा असार २१ गतेसम्म निषेधाज्ञा जारी भएपनि निषेधाज्ञामै उनीहरुले विरोधका कार्यक्रमहरु गर्ने भएको दलित अधिकारकर्मी सुधन विश्वकर्माले बताउनुभयो। स्पा सुनारले न्याय नपाएसम्म विरोध कार्यक्रमहरु जारी रहने उहाँले बताउनुभयो ।

मकवानपुरमा क्रियाशिल १० दलित अधिकारवादी संघसंस्थाले रुपा सुनारको कोठा भाडा विषयको उचित छानविन गरी न्याय प्रदान गर्न प्रधानमन्त्री केपि ओली शर्मालाई ध्यानाकर्षण गराएका छन् ।
सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत जिल्लाका १० वटा दलित अधिकारवादी संघसंस्थाहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ध्यनाकर्षण गराएका हुन् । उनीहरुले अनुसन्धानमा रहेको आरोपीको संरक्षण गर्ने शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई तुरुन्त कारबाही गर्न माग गरेको मानव अधिकार तथा जातीय भेदभाव सरोकार केन्द्र मकवानपुरका अध्यक्ष कमल विश्वकर्माले बताउनुभयो ।

दलित अधिकारलाई चुनौती दिँदै मन्त्री श्रेष्ठले प्रहरी कार्यालयम पुगेर आरोपीलाई छुटाई सरकारी गाडिमा राखी घरमा पु¥याएको प्रति दलित संघले घोर निन्दा र भत्र्सना समेत गरेको छ ।

दलित अधिकारकर्मीहरुले देशव्यापी नै श्रृंखलाबद्ध भइरहेको जातीय विभेदको घटनाको उचित छानवीन गरी दोषिलाई हदैसम्मको कारबाही गर्न, रुकुम पश्चिम सोती सामुहिक हत्याकाण्ड, काभ्रेको अजित मिजार हत्या काण्ड, रुपन्देहीको अंगिरा पासी हत्या काण्ड लगायतको घटनाका दोषिहरुलाई कडा भन्दा कडा कारबाही गर्न र राज्यको सबै निकायमा संविधान प्रदत्त समानुपातिक प्रतिनिधित्व ग्यारेन्टी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

Exit mobile version