Home कला बिलाउँदै गएका आयामहरु (गद्य कविता)

बिलाउँदै गएका आयामहरु (गद्य कविता)

वत्सराज कोइराला

स्वर्णयुगको दिवास्वप्न हेर्न आँखा खोल्दैछु
पुरातनकालका सपना सजाई कल्पनामा रम्दैछु
समयको बीउ रोपी समय उमार्न
समयकै गर्भबाट नयाँ आयाम झिक्दैछु
समयको मृगतृष्णा भेटिरहेछु हरपल
सुनको मृगजस्तै मनोरम भ्रम देखिरहेछु
आदिम सभ्यताको गर्भबाट निस्केर
कठिन जीवन वनवासको तयारी गर्दैछु ।

म समुद्र या नदीको छालजस्तै किनाराको चट्टानमा ठोक्किएर
कैयौं पटक आफ्नो टाउको पछारेको छु र पुनः फर्केको छु
अर्को पटक फेरि बाँच्ने जिजिविषा छ
पुनर्गमनको इच्छा गरेको छु
तर निष्ठुर बन्न सकेको छैन
ढुंगा हुनबाट जोगिँदै जोगिँदै छु ।

Exit mobile version