
हेटौंडाः सचेत नागरिक युवा समूहको आयोजनामा शनिबार रक्तदान कार्यक्रम भएको छ । रक्तसञ्चार केन्द्र हेटौंडामै पुगेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा १२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिनुभएको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्दै समूहले कोरोना महामारीको समयमा जारी निषेधाज्ञामा विपन्न परिवारलाई सहयोग गर्दै आएको छ । निषेधाज्ञाकै कारण रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन सक्ने भन्दै समूहले रक्तदान कार्यक्रमको आयोजना गरेको समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
समाजसेवी गणेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संयोजन समूहका सदस्य चुडा राज उप्रेतीको संयोजनमा भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका मन्त्री खेमराज सापकोटा, सामुदायिक प्रहरी उपकेन्द्र हेटौंडा–१० का अध्यक्ष प्रदीप कँडेल, सचेत नागरिक युवा समूहकी सदस्य शर्मिला श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।