Home मुख्य समाचार कांग्रेस सांसद नरोत्तम वैद्यलाई कारबाही गर्न एमाले भातृसंगठनको सभामुख र मुख्यमन्त्रीलाई ध्यानाकर्षण

कांग्रेस सांसद नरोत्तम वैद्यलाई कारबाही गर्न एमाले भातृसंगठनको सभामुख र मुख्यमन्त्रीलाई ध्यानाकर्षण

हेटौंडाः एमाले निकट ५ भातृसंगठनले कांग्रेस सांसद नरोत्तम वैद्यलाई तुरन्तर निलम्बन गरेर १० दिनसम्म प्रदेश सभा कक्षमा बैठकमा भाग लिन नदिन माग गरेका छन् । आज बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई पाँचै भाृतसंगठनका पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् ।

राष्ट्रिय युवा संघ नेपाल, अनेम संघ मकवानपुर, अनेरास्ववीयू मकवानपुर, प्रेस चौतारी नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ मकवानपुर, नेपाल खेलकुद महासंघ मकवानपुर र मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरले सभामुखलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् । यस्तै पाँचै भातृसंगठनले बामगती प्रदेशको मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानमन्त्री ओलीलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने भन्दै कांग्रैस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउट मात्रै नगरेर आफै गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएर प्रधानमन्त्रीको हत्या गर्न खुल्ला चुनौती दिएको अभिव्यक्त प्रति उनीहरुले खेद प्रकट गरेका छन् । उक्त श्रब्यदृश्व संसदको रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेका छन् भने कारबाहीको प्रक्रिया अघि बढाउन मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गरेका छन् ।

Exit mobile version