Home मुख्य समाचार नीति तथा कार्यक्रमको समर्थन गर्न एमाले सांसदहरुलाई निर्देशन

नीति तथा कार्यक्रमको समर्थन गर्न एमाले सांसदहरुलाई निर्देशन

हेटौंडाः एमाले बागमती प्रदेशको संसदीय दलको बैठकमा सबै सांसदहरुलाई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न दलका नेता समेत रहेको मुख्यमन्त्री डोरमणि पौडेलले निर्देशन दिनुभएको छ ।

शनिबार बिहान बसेको दलको बैठकमा मुख्यमन्त्री पौडेलले शुक्रबार संसदमा उठेको वषयमा प्रष्ट पारेका थिए । अष्टलक्ष्मी शाक्यले पनि दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीको निर्देशन अनुसार नीति तथा कार्यक्रमलाई समर्थन गर्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

दलको बैठकले कांग्रेस सांसद नरोत्तम वैद्यले संसदमा गैरराजनीतिक अभिव्यक्ति दिएको र प्रधानमन्त्रीको हत्या गर्ने सम्मको अभिव्यक्ति प्रति एमाले संसदीय दलले घोर भत्र्सना गरेको छ । संसदमा लिखित रुपमा माफि माग्नुपर्ने भन्दै दलले सभामुखको ध्यानाकर्षण गराएको एमाले बागमती प्रदेशसभाका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए ।

यसैबिच प्रधानमन्त्री ओली विरुद्ध नात्थुराम बन्ने उद्घोष गरेका सांसद नरोत्तम वैद्यले अहिले ११ बजे बस्ने प्रदेश सभाको बैठकमा माफि माग्ने भएका छन् ।

Exit mobile version