Home मुख्य समाचार कोभिडले आमाबाबु दुवै गुमाएका बालबालिकालाई मासिक ३ हजार भत्ता

कोभिडले आमाबाबु दुवै गुमाएका बालबालिकालाई मासिक ३ हजार भत्ता

बागमती प्रदेश प्रमुख विष्णु प्रसाई आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गनुहुँदै

हेटौंडाः बागमती प्रदेश सरकारले कोभिड–१९ ले आमाबाबु दुवै गुमाएका बालबालिकालाई मासिक ३ हजार शिक्षा तथा सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

आगामी आर्थिक वर्षको श्रावण महिनादेखि उनीहरुले यो सुविधा लिन पाउने भएका हुन् । बागमती प्रदेश सरकारले आमाबाबु दुवै नभएको बालबालिकालाई मासिक २ हजार भत्ता उपलब्ध गराउँदै आएको छ । आगामी वर्षदेखि सो कार्यक्रम स्थानीय तहको समन्वयमा निरन्तरता दिइएको बागमती प्रदेश प्रमुख विष्णु प्रसाईले आज नीति तथा कार्यक्रममा बताउनुभएको हो ।

Exit mobile version