Home मुख्य समाचार ३० परिवारलाई सचेत नागरिक युवा समुहले गर्‍यो खाद्यान्न सहयोग

३० परिवारलाई सचेत नागरिक युवा समुहले गर्‍यो खाद्यान्न सहयोग

हेटौंडाः सचेत नागरिक युवा समुहको कोहि भोको नरहुन भन्ने उद्देश्य अनुरूप बन्दाबन्दिको समयमा समाजका आवश्यक बर्गलाई समुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा–१० को सहकार्यमा ३० परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

समूहका अध्यक्ष शिवनारायण श्रेष्ठको अध्यक्षता तथा मारवाडी सेवा समिति मकवानपुरका अध्यक्ष पवन अग्रवालको प्रमुख आतिथ्यमा खाद्यान्न वितरण कार्यक्रम भएको हो । सचेत नागरिक युवा समुहले गत शनिबार पनि खाद्यान्न वितरण गरेको थियो । गत शनिबार खाद्यान्न नपाएका ३० परिवारलाई बिहीबार सहयोग गरिएको हो । हेटौंडा–२, मानसचोक, मनकामनाचोक, हेटौंडा–१०, न्यूरेनी र हेटौंडाको बैंकरोड क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको सचेत नागरिक युवा समुहका सचिव नबिन जोशिले जानकारी दिनुभयो ।

सचेत नागरिक युवा समुहले केहि दिन अघिबाट बजार क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीलाई दिवा भोजन र पानी बितरण पनि गर्दै आईरहेको छ । कार्यक्रममा समुहका उपाध्यक्ष अनल श्रेष्ठ सदस्यहरू सर्मिला श्रेष्ठ, सन्जिब श्रेष्ठ, चुडाराज उप्रेती, अजित मानन्धर र सामुदायिक प्रहरी उप-सेवा केन्द्रका प्रदिप राज कडेल सहभागी थिए ।

Exit mobile version