Home मुख्य समाचार थाहा नगरले आन्तरिक मुल्यांकनबाटै वार्षिक नतिजा सार्वजनिक गर्ने

थाहा नगरले आन्तरिक मुल्यांकनबाटै वार्षिक नतिजा सार्वजनिक गर्ने

हेटौंडाः मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरले विद्यालयको आन्तरिक मुल्यांकनबाटै नजिता प्रकाशन गर्ने भएको छ । कक्षा एक देखि ७ सम्म र ९ कक्षाको वार्षिक नतिजा विद्यालयले आन्तरिक मुल्यांकनबाट सार्वजनिक गर्न नगरले सुचना जारी गरेको नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले बताउनुभयो ।

कक्षा–८ को भने विषयगत मूल्यांकन फारम र मार्कलेजर बनाई विषयगत कक्षा शिक्षक, परीक्षा संयोजक र प्रधानाध्यापकले प्रमाणित गर्नुपर्ने नगर शिक्षा अधिकारी जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले सोको एक प्रति विद्यालयमा राख्ने, एक प्रति सार्वजनिक गर्ने र एक प्रति नगरलाई उपलब्ध गराउनुपर्नेछ । थाहा नगरले आउँदो असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्न विद्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

Exit mobile version