Home मुख्य समाचार शनिबार ३० जनामा कोरोना संक्रमण पुष्टि, वर्षाका कारण स्वाब जाँच गराउनेको संख्यामा...

शनिबार ३० जनामा कोरोना संक्रमण पुष्टि, वर्षाका कारण स्वाब जाँच गराउनेको संख्यामा कमी

हेटौंडाः शनिबार मकवानपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गरेको हेटौंडा १० स्थित गोरक्षेश्वर स्वाब नमुना संकलन केन्द्रको अनुसार १२ जना महिला र १८ जना पुरुषमा संक्रमण देखिएको हो ।

शुक्रबार संकलन गरिएको ७१ जनाको स्वाब मध्ये ४२ प्रतिशतमा कोरोना पुष्टि भएको हो । जसमध्ये २७ जना हेटौंडाका रहेका छन् भने कैलाशका २ जना र मनहरीका १ जना संक्रमित रहेका छन् । लगातार ३/४ दिन देखी भइरहेको वर्षाका कारण स्वाब जाँच गरोनेको संख्या पनि घटेको छ । कोरोना भाइरस परीक्षणका लागि शनिबार ७१ जनाको स्वाब संकलन गरिएको छ । बिहान ६ बजेदेखि ८ बजेको समयमा स्वाब संकलन गरिँदै आएको छ ।

जिल्लास्थित स्वास्थ्य संस्थाबाट परीक्षणका लागि सिफारिस भएर आएका व्यक्तिको स्वाब नमूना संकलन गरी दैनिक रुपमा परीक्षण गरिँदै आएको स्वाब नमूना संकलन केन्द्रका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ । निषेधाज्ञाका कारण तथा वर्षाका कारण कोरोना संक्रमण परीक्षणका लागि स्वाब नमूना दिन आउने सर्वसाधारणको संख्यामा कमि आएको चौलागाईको भनाई छ ।

गोरक्षेश्वर स्वाब नमुना संकलन केन्द्रले दैनिक रुपमा स्वाब संकलन गरी परिक्षणका लागि प्रयोगशाला पठाउनुका साथै प्राप्त नतिजालाई सार्वजनिक गर्दै आएको छ ।

Exit mobile version