Home मुख्य समाचार बुधबार १४४ स्वाब नमूना संकलन, सोमबारदेखिको रिपोर्ट आउँन बाँकी

बुधबार १४४ स्वाब नमूना संकलन, सोमबारदेखिको रिपोर्ट आउँन बाँकी

फाइल तस्बिर

हेटौंडाः हेटौंड–१० को गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट बुधबार १४४ स्वाब नमूना संकलन भएको छ । संकलित स्वाब नमूनालाई हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइएको छ ।

हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार सोमबार, मंगलबार र बुधबार (आज) संकलन भएको स्वाब नमूनाका कोरोना रिपोर्ट आउन बाँकी छ । मंगलबार कसैको पनि रिपोर्ट नआएको भन्दै आज आउँन सक्ने उहाँले बताउनुभयो ।

Exit mobile version