Home मुख्य समाचार निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्रीले मत मागेः मेयर ढुंगाना

निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्रीले मत मागेः मेयर ढुंगाना

धादिङ निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगाना

हेटौंडाः राष्ट्रिय सभाको चुनावको तयारीको विषयमा हेटौंममा बुधबार दलका प्रतिनिधिहरुसँग निर्वाचन कार्यालयले छलफल गरेको छ । छलफलको क्रममा धादिङ निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगनाले प्रधानमन्त्रीले बारम्बार संविधानको उल्लघंन गर्दै आएको आरोप लगाउनुभएको छ ।

उहाँले राष्ट्रिय सभाको चुनावको अघि निर्वाचन आचार संहिता लागू भइसकेपछि ४८ घण्टाअघि प्रचार गर्न नपाइने भएपनि प्रधानमन्त्री केपि शर्मा ओलीले एमालेका उम्मेदवार रामबहादुर थापालाई भोट मागेकोमा आपत्ति जनाउनुभएको छ । यस्तो प्रवृतिलाई गैरकानुनी, अलोकतान्त्रिक र संविधान मिच्ने काम भएको उहाँले भन्नुभयो ।

राष्ट्रिय सभाको उपनिर्वाचन स्थल भुटनदेवि मावि ।

बागमती प्रदेशबाट राष्ट्रिय सभाको सदस्यको लागि बिहीबार हेटौंडाको भुटनदेवी माविमा मतदान हुँदैछ । एक सय ९ जना प्रदेश सांसद र बागमती प्रदेशको ११९ स्थानीय तहका २३८ जनाले मतदान गर्नेछन् ।

Exit mobile version