Home मुख्य समाचार राष्ट्रिय सभा चुनावः पीसीआर परीक्षण नगरेकोले मतदान गर्न पाउने

राष्ट्रिय सभा चुनावः पीसीआर परीक्षण नगरेकोले मतदान गर्न पाउने

हेटौंडाः राष्ट्रिय सभाको बिहीबारको चुनावमा कोभिड–१९ परीक्षण गरेको पीसीआर रिपोर्ट नभएकाहरुले पनि मतदान गर्न पाउने सहमति भएको छ । राष्ट्रिय सभाका उम्मेदवार डा. खिमलाल देवकोटाले पीसीआर रिपोर्ट नभएपनि मत हाल्ने पाउनुपर्ने बताउनुभएको छ । आज हेटौंडामा निर्वाचन कार्यालयले दलका प्रतिनिधिहरुसँग छलफल गरेको थियो । छलफलमा निर्वाचन प्रमुख न्यायाधीस डिल्लीरत्न श्रेष्ठले मतदान गर्न पाउने विषयको सहमतिलाई निर्वाचन आयोगमा पठाउने बताउनुभयो ।

उहाँले बिहीबार भुटनदेवी माविमा हुने चुनावमा कोभिड–१९ संक्रमित भएका मतदातालाई कर्मचारीहरुले स्कटिङ गरेर सुरक्षित साथ मतदान स्थलमा लैजाने व्यवस्था गरेको जानकारी दिनुभयो । यस्तै चुनावमा कोभिड–१९ को पीसीआर परीक्षण नभएकाहरुको लागि ऐन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकारीसमेत रहेका न्यायाधीश श्रेष्ठले बताउनुभयो । मतदान स्थलमा मोबाइल लान नपाइने दलका प्रतिनिधिहरु बिच सहमति बनेको छ ।

चुनावमा ३ वटा बुथ हुनेछ । २ वटा मुख्य र एक विशेष बुथ रहनेछ । संक्रमित भएकाहरुले छुट्टै बुथमा मत खसाल्नेछन् भने संक्रमित नभएका प्रदेश सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले छुट्टै बुथमा मत खसाल्ने व्यवस्था गरिएको छ । चुनावमा बिहान ९ बजेदेखि ३ बजेसम्म मत खसाल्ने काम हुने र ५ बजेपछि मत गणना गर्ने तयारी गरेको निर्वाचन प्रमुख श्रेष्ठले बताउनुभयो ।

Exit mobile version