Home मुख्य समाचार अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय

अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय

हेटौंडाः जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले कोभिड संक्रमितको उपचार हुने जिल्लाका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने केन्द्रको बैठकले गरेको निर्णय आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय मकवानपुरले फेसबुकमार्फत सार्वजनिक गरेको हो । आइतबार बसेको बैठकले हेटौंडा अस्पतालसहित चुरेहिल हस्पिटल, मकवानपुर सहकारी अस्पतालका लागि आवश्यक पर्ने अक्सिजन परिपूर्ति गर्न अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

यस्तै आइतबारकै बैठकले कोभिड–१९ संक्रमतिको उपचारका क्रममा प्रयोग हुने रेम्डेसिभिर लगायतका अत्यावश्यकीय औषधी एवम् अक्सिजन सिलिण्डरहरु मकवानपुर जिल्लाका लागि उपलब्ध गराइदिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र काठमाडौं र स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्र काठमाडौंलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

Exit mobile version