Home कला जीवनको अर्थ

जीवनको अर्थ

सुस्मिता ढुंगाना, अमर मावि कक्षा–८, हेटौंडा–१

भाषण त दिन्छ अरुलाई धेरै नै
व्यवहारमा हेर्नोस् छैन मेरा नै
आदर्शको कुरा गर्ने बानी छ मेरो
सुधार्न सकिएन आफ्नै सेरोफेरो

गन्तव्यमै सधैं पुग्नुपर्छ भन्छु
आफ्नै बाटो छैन कता कता पुग्छ
माझीबिनाको डुंगा स्टेरिङ बिनाको बस
जीवनको अर्थ थाहा छैन खास
तर पनि अगाडि बढ्नै छ आजसम्म त
राम्रो गर भन्छु अरुको माझ त

धेरै पढ्न खोज्छु अगाडि बढ्न खोच्छु
त्यही नै बेला एउटा जोठीलाई खोज्छ
जीवनको अर्थ उनीसँग सोँच्छु

उनी भन्छन् श्रीखण्ड रक्तचन्दन हो
मर्न डर लाग्ने बाँच्ने बन्धन हो जीवन
अनि खुल्छ आँखा जीवनको अर्थ बुझ्छु
समयसँगै कस्तो खेल्छ अघि बढ्छु ।

Exit mobile version