Home कला गजल

गजल

सुविना बिक, अमर मावि, कक्षा–९, हेटौंडा–१

बाहिरी नभए पनि भित्री आँखाले नै हेर्न सक्छु
दुखको सागरै भएपनि नडराई तर्न सक्छु

आत्मविश्वासले नै विश्वासले भरिएको छ ममा
मृत्युको घडीमा पनि मुखमा हाँसो लिई मर्न सक्छु

यस्तो छौ तिमी भनेर नहेप मलाई कसैले
तिम्रो मनमा नै बास बसी खुसी छर्न सक्छु

एकैपटक भए पनि मलाई मौका दिइ हेर
दुखी असहायको मन भरी नै खसुी भर्न सक्छु

Exit mobile version